अर्जुन सापकोटा चर्चाको शिखरमा ‘ढल्केरै नाच्छु’ तीज गीत सार्बजनिक (भिडियो सहित)

अर्जुन सापकोटा चर्चाको शिखरमा ‘ढल्केरै नाच्छु’ तीज गीत सार्बजनिक (भिडियो सहित)  
अर्जुन सापकोटा चर्चाको शिखरमा ‘ढल्केरै नाच्छु’ तीज गीत सार्बजनिक (भिडियो सहित)

सौल, सावन १८
नेपाली गीत सांगेतीक क्षेत्रमा हाल धमाधम तीज गीतहरू बजारमा आउने क्रममा तीज गीतहरूको भिडमा एउटा नयाँ स्वाद दिने तीज गीत बजारमा आएको छ ।

अहिले चर्चित गायक राजु ढकाल, अर्जुन सापकोटा र गायिका देवी घर्तीको स्वरमा तीज कोसेली ‘ढल्केरै नाच्छु’ सार्वजनिक भएको छ ।
यस गीतमा जय देवकोटा, सुस्मिता घर्ती, निरुता खत्री, अर्जुन सापकोटाको पनि आवाज रहेको छ । गीतको भिडियो अर्जुन सापकोटा युट्युब च्यानलबाट बजारमा आएको हो ।

कोरियामा रहेका मनोज चापागाईंको पहिलो उत्कृष्ट शब्द संकलनमा अर्जुन सापकोटाले संगीत भरेका छन् । तीज नजिकिँदै गर्दा दिनानुदिन नयाँ नयाँ गीतहरु बजारमा आइरहेको बेला यो गीतले पनि दर्शक स्रोताको राम्रो साथ पाउने आशाबादी छन् चापागाई । भिडियोमा चर्चित मोडल सारिका केसी सँग अर्जुन सापकोटाको दमदार अभिनय रहेको छ । विरेन्द्र भट्टको क्यामरा र विकाश ज्ञवालीले सम्पादन गरेका छन् भने भिडियोमा मदन खड्काको निर्देशन रहेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गरि हेर्नुहोस ।

 

React on this Post

ट्रेन्डिङ